गण्डकी प्रदेशको स्वास्थ्य अवस्थालाई नजिकबाट आँकलन गदैं सचिव डा. तिवारी

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १९, २०७८
health

“समृद्ध प्रदेश सुखी नागरिक” गण्डकी प्रदेश सरकारको मुल नारालाई आत्मसाथ गर्दै गण्डकी प्रदेशका आम नागरिकहरुको मुख्यतः दुर दराजमा रहेका जनताको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रुपमा स्वस्थ्य रहि उत्पादनशील र गुणस्तरीय जीवनयापन गराउँन, संविधानले उपलब्ध व्यवस्था गरेको स्वास्थ्य रहन पाउँने मौलिक अधिकारको सुनिश्चितता गर्ने रहेको छ । गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले यतिबेला गण्डकी प्रदेशको स्वास्थ्य अवस्थालाई नजिकबाट आँकलन गदैं हुनुहुन्छ ।

पोखरा देखि बाग्लुङ ढोरपाटनसम्मको यात्रामा प्रत्यक्ष स्वास्थ्य संस्थाहरुको अवलोकन गर्नुभएको छ । स्वास्थ्य संस्था थप्नु भन्दा पनि भएका स्वास्थ्य संरचनालाई बलियो बनाउनुपर्छ र स्वास्थ्यका मौजुदा संस्थाको पूर्वाधारको अनुगमन गर्दै सार्वजनिक अस्पताल स्वास्थ्य निकायलाई आमनागरिकको पहुँचमा वृद्धि गर्ने गरि शुसासनको व्यवस्थापन, नियमन, सहजीकरण गरि प्रतिरोधात्मक, प्रर्वद्धनात्मक, उपचारात्मक र पुर्नस्थापनात्मक सेवा, प्रयोगशाला सेवालाई विस्तार र सुरक्षित, विश्वासिलो, जनकेन्द्रित तथा समतामूलक बनाउन गण्डकी प्रदेश स्वास्थ्य नीति २०७८ बमोजिम कार्यक्रम कार्यन्यन गर्ने समेत जोड दिनु भएको छ ।

बाग्लुङ स्वास्थ्य कार्यालयको समन्वयमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले प्रवाह गरेको सेवा र पूर्वाधार संरचनाको अवलोकन, शहरी स्वास्थ्य क्लिनिक ढोरपाटन, ढोरपाटन सामुदायिक स्वास्थ्य इकाइ बर्थिङ सेन्टर तथा हटिया स्वास्थ्य चौकी गलकोटको सेवा प्रवाह मुख्यतः सुरक्षित मातृत्व, परिवार नियोजन सेवा, आधारभूत औषधी वितरण प्रणाली, प्रयोगशाला सेवा विस्तार तथा तथ्याङ्कीय सूचना ब्यवस्थापन प्रणाली बारे छलफल तथा अन्तरक्रिया गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकारको सामुदायिक जनस्वास्थ्यको परिकल्पनालाई मध्यनजर गर्दै मानव स्वास्थ्यको संवेदनशीलतालाई अगिंकार गर्दै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लगानीलाई मूर्त रुपमा प्रारुप तयार गर्ने काम भैरहेको छ। गण्डकी प्रदेशका ३ वटा जिल्लामा राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम संचालन भै रहेको छ ।

यस कार्यक्रमको चुनौतीलाई मध्यनजर गर्दै पर्वत जिल्लाको पाङ (सेन्टिनेल साइट) जहाँ वैष्णव समुदायको बाहुल्यतामा औषधी सेवन गरि कार्यक्रमको सफलताको शुभकामनाका साथ सचिव डा. श्रीराम तिवारीले आम औषधी सेवन अभियानको शुभारम्भ गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लगानीले आम विकासमा अत्यन्त सकारात्मक प्रभाव पार्दछ भने चेतनाको विस्तार सम्बन्धित निकाय र आमजनतामा जनचेतनामूलक संचार गराउन र स्वास्थ्य सेवाका हरेक क्षेत्र तह प्रकारका नागरिकको सहभागिता र सामुदायिक जनस्वास्थ्यको सुनिश्चितता संविधानको मुल मर्म अनुसार हुनुपर्ने र गर्नुपर्ने मार्ग निर्देशन दिनुभएको छ ।

                                                                                                                                                 सुशिला कार्की
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, पोखरा

Related News

सम्बन्धित समाचार

Archives

Archives