पोखरा, १७ चैत । रामनवमी महापर्व–२०७८ को अवसरमा संगीतमय श्रीराम कथामृत हुने भएको छ ।
हिमालय सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायस्थान धार्मिक क्षेत्र विकास समिति नदिपुरमा हुने श्रीराम कथामृत चैत १९ देखि २७ गते सम्म चल्ने कार्यक्रम संयोजक भोला बरालले जानकारी दिनुभयो ।
अनन्तश्री विभूषित जगतगुरु रामनन्दाचार्य सद्गुरुदेवको सानिध्यमा भक्तमाला, श्रीरामचरितमानसको नेपाली, अगं्रेजी, हिन्दी भाषाकी प्रवाचिका आञ्जनेय युवा क्लबकी अध्यक्ष चन्द्रकला सखीको मुखारविन्दुबाट तथा शास्त्रीय संगीतका आचार्य शिवराज पौडेल र आञ्जनेय युवा क्लबका कालाकारको सांगितीक प्रस्तुतीमा श्रीराम कथामृत हुने जानकारी दिनुभयो।
प्रत्येक दिन बिहान ७ वजे देखि १० वजे सम्म संगीतमय श्रीराम चरितमानस पाठपरायण, विहान ११ वजे देखि १ वजे सम्म प्रसाद र दिउँसो २ बजे देखि ५ वजे सम्म श्रीराम चरितमानस कथा प्रवचन हुने छ ।
सम्पूर्ण आपद्–विपद् हरण गरी समस्त प्रकारको सुख ऐश्वर्य प्रदान गर्ने साथै आयु आरोग्य तथा मित्रहरु बृद्धि गर्ने उद्देश्यले यो प्रवचन आयोजना गरिएको बरालले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी