काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले न्यायिक सम्मेलन बहिष्कार गर्ने

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १३, २०७८
1464510072_nepali_congress

पोखरा, १३ चैत । नेपाली काँग्रेसबाट पोखरा महानगरपालिकाका वडामा निर्वाचित जनप्रतिनिधिहरुले न्यायिक सम्मेलन बहिष्कार गर्ने भएका छन् ।

भोलि चैत्र १४ सोमबार पोखरामा हुन लागेको सम्मेलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बहिष्कार गर्ने भएका हुन् । स्थानीय तहको चुनाव घोषणा भैसकेको अवस्थामा एकलौटी रुपमा प्रचारमुखी सम्मेलन हुन लागेको ठहर उनीहरुको छ ।

दलको नेता तथा सचेतक ( नेपाली काँग्रेस) पोखरा महानरपालिका रामराज लामिछानेले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी सम्माननीय राष्ट्रपति जस्तो मर्यादित संस्थालाई विवादमा ल्याउन खोजिएको भन्दै नेपाली काँग्रेसँग आवद्ध कुनै पनि जनप्रतिनिधिलाई सम्मेलनमा उपस्थित नहुन अनुरोध गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग