मलङ्गवा, १३ चैत (रासस) :पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा चारको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
वीरगन्जदेखि जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नं को बस आज मध्यान्ह सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताइए पनि अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
घाइतेको लालबन्दी, नवलपुर र हरिवनमा उपचार भइहरको छ । गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र बाहिर पठाउने क्रम चलिरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बसका चालकसमेत घाइते भएका छन् ।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्ताल मलङ्गवमा ल्याइएको छ भने मृतक तथा घाइतेहरुको पहिचानको काम भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पर्यटकीय नगरी पोखरामा आज देखि कोटी होम विराट ज्ञान महायज्ञ सुरु
कास्कीका पालिकाको वित्तीय सुशासन नतिजाप्रति माछापुच्छ्रेको असन्तुष्टि
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा
कास्की जिल्ला खेलकुद संघलाई प्लाष्टिक बोतल विन सहयोग
पोखरा कोटीहोम महायज्ञमा पूर्वसन्ध्यामा विशाल शोभा कलश यात्रा, अभुतपुर्व भक्तजनको उपस्थिती