नेपाल तरुण दल रिभानद्धारा माक्स वितरण

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १०, २०७८
tarundal

पोखरा, १० चैत । नेपाल तरुण दल वडा समिति माछापुच्छ«े गाउँपालिका वडा नं. ३ रिभानले माक्स वितरण गरेको छ ।

हुम्दी रिभानमा रहेको निश्पक्ष माध्यामिक विद्यालयलाई १ हजार ५ सय थान माक्स दिएको नेपाल तरुण दल वड समिति अध्यक्ष योगेन्द्र गुरुङ (युवराज) ले जानकारी दिनुभयो ।

‘तरुण दललाई सामाजिक कार्यमा पनि क्रियाशिल बनाउनका लागि विद्यालयलाई माक्स वितरण गरेका हौं’ गुरुङले भन्नुभयो, ‘विद्यार्थीहरुलाई कोरोना भाइरस संक्रमण हुन बाट जोगाउन सहयोग मिल्ने विश्वास लिएका छौं ।’

तरुण दलका अध्यक्ष गुरुङले एक कार्यक्रमबीच निश्पक्ष माध्यामिक विद्यालयका प्रध्यानाध्यापक दुर्गा बहादुर राउतलाई माक्स हस्तान्तरण गर्नुभयो ।

विद्यालयका प्रध्यानाध्यापक राउतले नेपाल तरुण दलले विद्यालयमा माक्स वितरण गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । तरुण दलले रिभानमा यसअघि पनि रक्तदान कार्यक्रम गरी ६८ युनिट रगत संकलन गरेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives