कालिका पब्लिकको अध्यक्षमा आचार्य

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ७, २०७८
kalika

पोखरा, ७ चैत । पोखराको रामबजारस्थित कालिका पब्लिक कलेज पहिलको साधारण सभाले गीता आचार्यको अध्यक्षतामा क्याम्पस संचालक समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा पूर्णचन्द्र न्यौपाने, सुरेश कुमार ध्वजु, निर्मला कार्की भण्डारी, राम बहादुर थापा र कुमार थिङ रहनु भएको छ ।

साधारण सभा उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले शिक्षा सवैको पहँुचमा पु¥याउन पब्लिक कलेजहरुको ठुलो महत्व रहने उल्लेख गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले शिक्षा क्षेत्रमा हुने कुनै पनि राजनीतिको विरोध गर्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शिक्षाका लागि प्रदेश सरकार सधै सकारात्मक रहेको भन्दै जनअपेक्षा पूरा हुने गरी काम गर्न अनुरोध गर्नुभयो ।

कलेज ६४ सालमा स्थापित भएको हो । कलेजमा एक सय ६६ जना सिनेट सदस्य हुनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives