काठमाडौँ, चैत ६ (रासस) ःपश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
साथै हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा सामान्यतया मौसम सफा भई देशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी