ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

रासस
चैत्र ६, २०७८
accident-600×0-11072017101555-1000×0-19112017013237-600×0

बैतडी, ६ चैत (रासस) ःबैतडीमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू छन् ।

बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र०१००२त ५५९८ नंको ट्र्याक्टर गए राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्र्याक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारूको जिल्ला अस्पतालमा राति मृत्यु भएको हो । घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives