लेखनाथ, ४ चैत । केही दिन यता दिउँसो गर्मी बढ्दै जाँदा लेखनाथ महोत्सवमा भने दर्शकको रौनक बढ्दै गएको छ ।
ख्यातीप्राप्त कलाकारबाट दैनिक सांस्कृतिक कार्यक्रम हुँदा गर्मीको वेवास्ता गर्दै दर्शकहरुको महोत्सव स्थलमा आकर्षण बढेको हो ।
दैनिक उपभोग्य वस्तु देखी बालबालिकाको लागि मनोरञ्जनका सामाग्री एवं रेष्टुरेण्टहरुका परिकारमा परिवारै झुम्मिएको देखिन्छ । दिनभरीको मनोरञ्जन पछि दर्शकहरु बेलुका घर फर्कदा लत्ताकपडा देखी ताजा तरकारी बोकेर फर्कने गरेका छन् ।
विगतका वर्षहरुमा अनुकुल समय मंसिर पौषमा हुने महोत्सव यसपटक कोभिड १९ का कारण फागुनको अन्तिम सातालाई सरेपछि दर्शकमा केही कठिनाई भएपनि सफलता उन्मुख रहेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक मुल समितिका संयोजक छत्रधर आत्रेयले बताउनुभयो ।
महोत्सव सातौ दिनसम्म आइपुग्दा झण्डै दुई करोड ६५ लाख रुपैयाको कारोबार भएको छ भने एक लाख ७ हजार दर्शकले अवलोकन गरेका छन् ।
कोभिड सुरक्षालाई विशेष ध्यान दिईएको महोत्सवमा अहिलेसम्म तीन सय ७ जनाले विभिन्न डोज खोप लगाएको प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिनुभयो ।
कुमाल समाजले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्यो भने रत्यौली तर्फ देउराली आमा समूह र उन्नतशील आमा समूहको प्रस्तुती रह्यो ।
युवाहरुका माँझ लोकप्रिय रहेका गायक प्रमोद खरेलले आधा दर्जन गीत गाउँदा दर्शकहरुले साथ दिएका थिए । यसैगरी लोक दोहोरी गायक प्रजापति पराजुली र शिला आलेको दोहोरीेले पुरानो झल्को दिएको दर्शकहरुको प्रतिक्रिया थियो ।
यही फागुन २६ देखी जारी महोत्सव चैत ७ गतेसम्म संचालन हुनेछ । महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादन कम्पनीका विभिन्न वस्तु तथा सेवाहरुका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् ।
Related News
सम्बन्धित समाचार
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने