प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते

रासस
फागुन २९, २०७८
Press union logo

काठमाडौँ, २९ फागुन (रासस) :नेपालका लोकतन्त्रवादी पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ ।

प्रेस युनियन केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।

युनियनले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समिति, निर्वाचन समिति र अन्य विभिन्न छ समितिसमेत गठन गरेको छ ।

अध्यक्ष सिग्देलले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि जुट्न सम्पूर्ण प्रेस युनियनकर्मीहरुलाई हार्दिक आह्वान गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

  • समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र

    रासस मंसिर २१, २०७९
    काठमाडौँ, २१ मङ्सिर (रासस) :यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन…
  • हात्तीको आक्रमणबाट मृत्यु

    रासस मंसिर २१, २०७९
    दोधारा चाँदनी, २१ मङ्सिर (रासस)ःकञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार मृत्यु भएको छ ।…
  • पुलबाट ट्रक खस्दा एकको मृत्यु

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २०, २०७९
    भरतपुर, २० मङ्सिर (रासस):नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको…
  • कांग्रेसमा अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन

    रासस मंसिर १८, २०७९
    काठमाडौँ, १८ मङ्सिर (रासस) :नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग…
  • मोक्षदा एकादशी : गीता जयन्ती मनाइँदै

    रासस मंसिर १८, २०७९
    काठमाडौँ, १८ मङ्सिर (रासस) :वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम…