ताप्लेजुङ सदरमुकाममा आगलागी

रासस
फागुन २७, २०७८
RSS_aglagi 1

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारको एक घरमा शुक्रबार बिहान भएको आगलागी । आगलागीले स्थानीय रवीन्द्रसिंह आङबुहाङको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने स्थानीयवासी, सुरक्षाकर्मीलगायतले आगो नियन्त्रणको प्रयास गरिरहेका छन । तस्बिर सौजन्यः सर्मिला लामा÷रासस

कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन ।

आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।

आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ । थप विवरण आउन बाँकी छ । प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives