स्कोडाको नयाँ शोरुम र वर्कसप अब पोखरामा

राष्ट्र न्यूज सम्वाददाता
फागुन २३, २०७८
skoda-2

पोखरा, २३ फागुन । स्कोडाको सुविधा सम्पन्न शोरुम पोखराको नयाँबजारमा सञ्चालनमा आएको छ ।

युरोपियन लिडिङ ब्राण्ड स्कोडा गाडीको आधिकारिक आयातकर्ता एम.ए.डब्लु. इन्टरप्राइजले हालै पोखरामा आफ्नो गाडी बिक्रीका लागि एस.एस.एल. मोटर्सलाई डिलर नियुक्त गरेको हो ।

नेपालमा स्कोडा गाडी विगत सन् २००८ देखि एम.ए.डब्लु. इन्टरप्राइजेजले उपलब्ध गराउँदै आएको छ । यससँगै कम्पनीले नेपाली बजारमा युरोपियन कम्पनीको गाडी सर्वसुलभ बनाएको छ ।

कम्पनीले आफ्ना डिलर प्लान अन्तर्गत नेपालभर नेटवर्कहरुको विस्तार एवं स्थापना गर्ने क्रममा पोखरामा पनि युरोपियन स्ट्याण्डर्डको शोरुम स्थापना गरेको हो ।

सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा र एम.ए.डब्लु.का कार्यकारी निर्देशक रोनक अग्रवालले शोरुम र वर्कसपको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । ।

गाडीको व्यवसायमा सेल्ससँगै सर्भिसमा पनि जोड दिनुपर्ने प्रमुख अतिथि थापाले बताउनुभयो । युरोपियन ब्राण्ड भएकाले स्कोडा राम्रो गाडी भएको  उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै कार्यकरी निर्देशक अग्रवालले देशभर डिलर विस्तार गर्ने क्रममा पोखरामा पनि सुविधासम्पन्न शोरुम र वर्कसप स्थापना भएको बताउनुभयो। ‘हामी निरन्तर आफ्नो डिलर नेटवर्क स्थापना गरी देशभर सहज एवं सुलभ रुपमा आफ्ना ग्राहकलाई युरोपियन कारको सहज पहुँच पु¥याउन  प्रतिबद्ध छौं,’ उहाँले भन्नुभयो ।

पश्चिममाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले स्कोडाले पोखरा क्षेत्रमा लोकप्रियता बढाउने विश्वास व्यक्त गर्नुभयो ।

छोटो समयमा नै नेपालमा स्कोडा गाडीप्रति ग्राहकको आकर्षण बढेको बताउँदै अग्रवालले आगामी दिनमा यसको लोकप्रिय अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

ग्राहकमुखी सेवाप्रति प्रतिबद्ध रहँदै कम्पनीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेको जनाएको छ ।

पोखरामा शोरुम उद्घाटनका अवसरमा फागुन २४ र २५ गते स्पेसल टेष्ड ड्राइभ कार्यक्रमको पनि व्यवस्था गरिएको एस.एस.एल. मोटर्सका प्रवन्ध निर्देशक सूर्य बरालले जानकारी दिनुभयो ।

स्कोडा खरिदमा नयाँ अफर

स्कोडाको आधिकारिक बिक्रेता एम.ए.डब्लु इन्टरप्राइजले स्कोडा गाडी खरिदमा सहज फाइनान्स स्किम ल्याएको छ । जस अन्तर्गत १० लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नै खरिद गर्न सकिने भएको छ ।

तरलता अभावको वर्तमान समयलाई मध्यनजर गर्दै कम्पनीले यो अफर ल्याएको हो । स्कोडा मन पराउने ग्राहकहरु यो अफरबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।

Related News

सम्बन्धित समाचार