प्रेस युनियन कास्कीको आधारभूत पत्रकारिता तालिम सुरु

राष्ट्र न्यूज सम्वाददाता
फागुन १९, २०७८
20220303_110748

पोखरा, १९ फागुन ।नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको आधारभूत पत्रकारिता तालिम बिहीबारदेखि सुरु भएको छ ।

शनिवारसम्म चल्ने तालिममा विभिन्न संचारमाध्यममा कार्यरतसहित ५५ जना सहभागी छन् ।

तालिम उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले लोकतन्त्रको रक्षाको लागि संचारजगतको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

पत्रकारकै कारण देशमा विभिन्न किसिमका आन्दोलन सफल भएको चर्चा गर्दै उनले पत्रकारिता मिसनको लागि नभई लोकतन्त्रको रक्षाका लागि हुनुपर्ने उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले प्रदेश सरकारले पत्रकारमैत्री कानुन ल्याउने आश्वासन दिनुभयो ।

उहाँले संसदमा रहेको मिडिया विधेयक पत्रकारको रायसुझाव अनुसार नै आवश्यक संशोधनसहित पारीत गरिने बताउनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता सधै प्रयोगशाला हो भन्दै पत्रकारितामा वरिष्ठ होस् वा कनिष्ठ सबै उत्तिकै अध्ययनशील हुनुपर्नेेमा जोड दिनुभयो ।

नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले समयअनुसार चल्न नसक्ने पत्रकार पछि पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले पत्रकारको लागि ल्याइएको पेन्सन सुविधा तथा पत्रकारको २५ प्रतिशत तलब सुविधा वृद्धिमा पत्रकार महासंघको लामो समयदेखि पहल रहेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले पत्रकारितामा लोकप्रिय हुने वा नहुने भन्ने विषय स्वयं पत्रकारकै भर पर्ने बताउनुभयो ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले मिसन पत्रकारिताभन्दा व्यावसायिक पत्रकारितामा जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा युनियनका केन्द्रीय सदस्य टंकराज अधिकारी, युनियन कास्की सल्लाहकार तारा पाखे, डा. बलराम उपाध्याय रेग्मी, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी, युनियन कास्की उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेल लगायतले पत्रकारको हकहितको पक्षमा बोल्नुभएको थियो ।

तालिमको प्रमुख प्रशिक्षकमा सन्तोष पोखरेल रहनु भएको छ । प्रशिक्षकहरु रमेश पौडेल, गंगाधर पराजुली, रवीन्द्र बास्तोला, राज बहादुर गुरुङ, सरिता तिमिल्सिना पगेनी, नारायण शर्मा, विमला भण्डारी, बासु मिश्र, भानु पराजुली, बासुदेव पौडेल हुनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives