प्रेस युनियनले पोखरामा पत्रकारिता तालिम गर्दै

राष्ट्र न्यूज सम्वाददाता
फागुन १७, २०७८
Press-Union.jpg.jpeg

पोखरा, १७ फागुन । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आधारभूत पत्रकारिता तालिम गर्ने भएको छ ।

युनियनले फागुन १९ देखि २१ गतेसम्म तालिम आयोजना गर्न लागेको हो ।

नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा गरिने तालिमको सम्पूर्ण तयारी पूरा भएको नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो ।

पत्रकारितामा नयाँ जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम गर्न लागिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives