‘टोल÷टोलमा काँग्रेस पुगेपछि जनता खुशी’

कास्कीको मादी वडा नं ६ मा काँग्रेसको टोल समिति गठन

राष्ट्र न्यूज सम्वाददाता
फागुन १६, २०७८
Madi 1

पोखरा, १६ फागुन । नेपाली काँग्रेसले कास्कीको मादी गाउँपालिका वडा नं ६ मा टोल कार्यसमिति गठन गरेको छ ।

भेलाले चाँसुमा रवी बराल, चिप्लीमा सुक बहादुर गुरुङ, राम्चेमा अनिष ढुङ्गाना, भूमेमा उत्तरसिंह गुरुङ, सयपत्रीमा गणेश गुरुङ र सजुक भेडीखर्कमा रमेश अधिकारी क्षत्रीको अध्यक्षतामा टोल समिति गठन गरेको हो ।

नेपाली काँग्रेस कास्कीको माघ ८ गतेको बैठकले जिल्लाका सबै वडामा टोल समिति गठन गर्ने निर्णय अनुसार सो वडामा पनि गठन गरिएको हो ।

समिति गठनका लागि नेपाली काँग्रेसका सहसचिव नवीन सिग्देलको नेतृत्वमा प्रदेश अधिवेशन प्रतिनिधि सरिता कार्की लोभिसा, युवा नेता विशाल गुरुङको टोली पुगेको थियो ।

टोलहरुमा आयोजित भेलामा बोल्दै कास्की काँग्रेसका सहसचिव नवीन सिग्देलले काँग्रेस टोल टोलमा पुग्दा जनतामा खुशी छाएको बताउनुभयो । उहाँले पार्टीको भविष्य सम्पूर्ण कार्यकर्ताको काँधमा रहेकाले जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश अधिवेशन प्रतिनिधि सरिता कार्की लोभिसाले काँग्रेसले मात्रै जनताको हित गर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुक र जनताको भविष्यका लागि काँग्रेसलाई साथ दिन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं ६ का वडा कार्यसमिति सभापति भिमप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अधिवेशन प्रतिनिधि खिम जिसी, अग्रज नेता नन्दराज गुरुङ, युवा नेता विशाल गुरुङ, क्षेत्रीय प्रतिनिधि सुरेन्द्रजंग क्षेत्री र इकाइ सचिव सन्तोष गुरुङले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

  • आलु महोत्सव भोली सकिदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८२
    पोखरा, २ वैशाख । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी…
  • कृषिको उत्सव आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत । आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ । यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु…
  • महोत्सवमा १७ लाख बढीको आलु कारोवार

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत ।१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । शुुक्रबारसम्म…
  • हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८१
    पोखरा, २८ चैत । १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।…
  • आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८१
    पोखरा, २७ चैत। १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक…