काठमाडौँ, ५ फागुन (रासस) :काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोकबाट रु एक हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन् ।
राजधानीको नयाँ बजारमा बसोबास गर्दै आएका रौतहट गौर नगरपालिका–१२ का पृथ्वीप्रसाद साह र वडा नं–९ निवासी महमदशम्साद आलम, राजपुर नगरपालिका–३ का मोहम्मदमुसरफ अली र सोही नगरपालिका–६ का असरफअली सइदलाई नक्कली नोटसहित बुधबार पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतबाट हिरासतमा राखेर थप अनुसन्धानको अनुमति लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
यसैगरी काठमाडौँ महानगरपालिका–१५ डल्लु पुल नजिकबाट चार थान ढलौटको मूर्तिहरुसहित दुई जनालाई पक्राउ गरिएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ ढाडे र रसुवा गोसाईंकुण्ड नगरपालिका–५ का किशोर मूर्ति चोरीको अभियोगमा पक्राउ परेका हुन् ।
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित