काठमाडौँ ३ फागुन ९रासस० ःवैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज बिहानैदेखि सादा पोशाकमा टोली परिचालन भएको छ । विभागसँगको समन्वयमा टोलीले काम गर्ने जनाइएको छ । केहीअघि भ्रमण भिसामा गएर मानिस ठगिएको गुनासो आएपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो ।
यसलाईसमेत टोलीले निगरानी गर्नेछ । टोलीलाई उजुरी लिने, अनुसन्धान गर्ने तथा पक्राउ गर्नेसम्मको अधिकार दिइएको छ । हाल टोली सादा पोशाकमा रहेको र आवश्यकतानुसार परिचालन हुने ब्यूरोले जनाएको छ ।
वैदेशिक रोजगार ऐनमा यससम्बन्धी उजुरी प्रहरीले लिनसक्ने व्यवस्था छ । सोही अनुसार गृह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा ब्यूरोबाट प्रहरी टोली पठाइएको हो ।
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित