काठमाडौँ, २४ माघ (रासस) :हाल देशमा वायुको सामान्य प्रभाव छ ।
उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेशन नं १ को पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि प्रदेशन नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी प्रदेशमा मौसम सफा रहनेछ ।
काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले न्यानो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम पाँच तथा अधिकतम तापक्रम १६ डिग्री सेल्सियस छ ।
मङ्गलबार पनि प्रदेशन नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेशन नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
एकता सामुदायिक क्लबले खेल मैदानको स्तरोन्नती गर्ने
हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम
राष्ट्रिय माविको हीरक महोत्सव
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
Archives
Archives