काठमाडौँ, २० माघ (रासस) । मलद्वारभित्र झण्डै रु एक करोडको सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुबाट एक किलो १५५ ग्राम सुन तथा चार आइफोन बरामद गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१० का ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरिका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपलिका–३ का दावाछिरिङ शेर्पा छन् । उनीहरुमध्ये शेर्पाले सुन मलद्धारभित्र लुकाएर ल्याएका थिए ।
तौलिँदा उक्त सुन एक किलो ५५ ग्राम रहेको फेला परेको छ । उनी एयर अरेवियामार्फत सारजहाँ विमानस्थलबाट नेपाल आएका थिए । तीनै जनालाई बुधबार अपराह्न पक्राउ गरेको भए पनि आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गरी आज सार्वजनिक गरिएको हो ।
साह र परियार दुबईबाट हिमालयन एयरमार्फत नेपाल आएका थिए । साहबाट चार थान आइफोन तथा ५० ग्रामको सुनको औँठी र सिक्री बरामद गरिएको छ ।
यस्तै परियारबाट आइफोन एक थान र सुनको बेरुवा औँठी दुई थान बरामद गरिएको छ । तीनै जनालाई बरामद सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई बुझाइएको छ ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते देखि हुने सोँथर बेँसी टारी बजार मेलाको तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता
विश्व सिमसार दिवसको अवसरमा फेवा किनारमा संरक्षण फोटो प्रदर्शनी
एकतावद्ध भएमा बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ – सभापति देउवा
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने