काठमाडौँ, १९ माघ (रासस) । देशभर कोरोना भाइरस सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर रहेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.सङ्गीता कौशल मिश्राले ११ हजार ५८२ परीक्षण गर्दा सङ्क्रमित तीन हजार ६३७ सङ्क्रमित पुष्टि भएको जानकारी दिनुभयो ।
यस्तै सङ्क्रमणमुक्त हुने सङ्ख्या सात हजार ५५५ पुगेको उहाँले बताउनुभयो । हालसम्म आठ लाख ७८ हजार ७२० जना सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ६९ हजार २९१ पुगेको छ ।
बाह्रको निधन
मन्त्रालयका प्रवक्ता डा मिश्राले सो अवधिमा सङ्क्रमणका कारण १२ जनाको निधन भएको जानकारी दिनुभयो ।
हालसम्म ११ हजार ७६४ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । यस्तै ५०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला १६ पुगेको छ ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, र कैलाली रहेका छन् । यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका १८ जिल्ला रहेका छन् ।
ती जिल्लामा सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर रहेका छन् ।
नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ६७ हजार ८२५, संस्थागत आइसोलेसनमा एक हजार ४६६, सघन उपचार कक्षमा २७० र भेन्टिलेटरमा ५२ जनाको उपचार हुँदैछ ।
आज करिब आठ लाखले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका प्रवक्ता डा मिश्राले आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ ।
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित