पोखराका औंषधी सप्लायर्स र फार्मेसीको अनुगमन, सिटामोलको अभाव छैन

राष्ट्र न्यूज सम्वाददाता
माघ ११, २०७८
CDO office kaski

पोखरा, ११ माघ । जिल्ला प्रशासन कार्यालय कास्कीले कास्की जिल्लामा सिटामोलको अवस्था बारेमा अनुगमन गरेको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै देशका विभिन्न स्थानमा सिटामोलको अभाव रहेको बेला कास्कीमा भने अभावको अवस्था आउन नदिन अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार तीन वटा टोली परिचालन गरी अनुगमन गरेको थियो ।

प्रशासकीय अधिकृतहरु घनश्याम गौतम, राजेन्द्र शर्मा र दीपक रेग्मी नेतृत्वको तीन वटा टोलीले अनुगमन गरेको नायव सुब्बा शिव प्रसाद गौतमले जानकारी दिनुभयो ।

टोलीले पोखरामा रहेका १२ वटा औंषधी सप्लायर्स तथा फार्मेसीको अनुगमन गरेको हो । अनुगमनका क्रममा मल्ल डिष्ट्रिव्यूटर्समा एक लाख ५० हजार र हिम सागर सप्लायर्समा एक लाख १२ हजार ट्याब्लेट सिटामोल स्टक रहेको पाइएको छ ।

थोक विक्रेताको साथमा कम स्टक रहेपनि फार्मेसीहरुमा भने पर्याप्त मात्रामा सिटामोल रहेको पाइएकाले कास्की जिल्लामा सिटामोलको अभाव नहुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives