जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्यावश्यक बाहेकका सेवा बन्द

राष्ट्र न्यूज सम्वाददाता
माघ १०, २०७८
CDO office kaski

पोखरा, ११ माघ । जिल्ला प्रशासन कार्यालयले कास्कीले अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेको छ ।

कार्यालयले माघ ११ गतेदेखि अर्काे सूचना जारी नभएसम्मको लागि सेवा बन्द गरेको हो । शान्ति सुरक्षा, मुद्वा व्यवस्थापन, विपद् व्यवस्थापन, तथा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेको जनाइएको छ ।

कार्यालयमा कार्यरत केही कर्मचारी कोरोना संक्रमित भई आइसोलेसनमा उपचाररत रहेको र थप कर्मचारीमा समेत मिल्दोजुल्दो लक्षण देखिएकोले संक्रमणको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives