पोखरा, ८ माघ । नेपाली काँग्रेस कास्कीको कोषाध्यक्षमा माइकल कर्माचार्य चयन हुनु भएको छ ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा शनिवार बसेको बैंठकले उहाँलाई कोषाध्यक्ष चयन गरेको हो ।
जिल्ला कार्यसमितिमा निर्वाचित सदस्यमध्ये बाट एक जनालाई कोषाध्यक्ष चयन गर्ने व्यवस्था पार्टीको विधानमा रहेको छ । सोही व्यवस्था अनुसार कर्माचार्यलाई कोषाध्यक्ष चयन गरिएको हो । कोषाध्यक्षमा चयन कर्माचार्यले पार्टीको हितलाई महत्व दिएर काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।
बैठकले पार्टीको प्रशिक्षण विभाग संयोजकमा उपसभापति रामबाबु भण्डारीलाई मनोनयन गरेको छ ।
बैंठकले कोरोना विरुद्वको खोप व्यवस्थापन, पेट्रोलियम पदार्थको मुल्यवृद्वि र सार्वजनिक सवारी साधनको भाडा वृद्वि प्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित