पोखरा, ७ माघ । नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रवत्तामा पोखराका नेता माधव प्रसाद बास्तोला ‘मधु’ मनोनित हुनुभएको छ ।
प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको पदाधिकारी बैंठकले उहाँलाई प्रवत्ता मनोनित गरेको हो ।
पोखरा ११ फूलबारी निवासी बास्तोला नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीको दुई कार्यकाल क्षेत्रीय सभापति भएर काम गरिसक्नु भएको छ ।
उहाँले पोखरा ११ मा दुई कार्यकाल नेपाली काँग्रेसको वडा इकाइ सभापति र २०५४ देखि २०५९ सालसम्म जनप्रतिनिधिका रुपमा वडाध्यक्ष भएर काम गर्नुभएको थियो ।
प्रतिवन्धित कालदेखि नै काँग्रेसको राजनीतिमा सक्रिय उहाँ इमान्दार, निष्ठावान नेताको रुपमा परिचित हुनुुहुन्छ । प्रवत्ता बास्तोालले पार्टीको संगठन विस्तार र जनताको सेवामा सदैव समर्पित भएर अघि बढ्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता