थप ११ हजार ३५२ मा सङ्क्रमण पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै छ हजार ३४३

रासस
माघ ५, २०७८
corona 2

काठमाडौँ, ५ माघ (रासस) । देशभर पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ सङ्क्रमितभन्दा एक हजार ९४ ले बढी हो । मङ्गलबार देशभरमा १० हजार २५८ नयाँ सङ्क्रमित पुष्टि भएको थियो । आज कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ ।

उपत्यकाका तीन जिल्लामा आज छ हजार ३४३ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा चार हजार ६६६, ललितपुर एक हजार १९ र भक्तपुरमा ५७८ नयाँ सङक्रमित थपिएकोे मन्त्रालयले जनाएको छ ।

नयाँ सङ्क्रमितमध्ये नौ हजार ५०२ को पीसीआर र एक हजार ८५० को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २३ हजार ४०९ को नमूना परीक्षण गरिएको थियो ।

१८ हजार ७८ जनाले पीसीआर र पाँच हजार ३३१ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औसत सङ्क्रमणदर ५२ दशमलव दुई प्रतिशत छ । हालसम्मको उच्च सङ्क्रमणदर भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताउनुभयो ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २८ र आइसियुमा १६९ जना रहेका छन् । होम आइसोलेशनमा ४६ हजार ५१५, संस्थागत आइसोलेशनमा एक हजार ४१४ गरी आइसोलेशनमा जम्मा ४७ हजार ९२९ रहेका छन् ।

संस्थागत क्वारेन्टिनमा १२६ रहेका छन् । कोभिड सङ्क्रमण दैनिजक बढिरहेकाले सबै सङ्घसंस्थाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीको भनाइ छ ।

सभा, सम्मेलन र भेला सकेसम्म ‘भर्चुअल’ गर्ने र भौतिक उपस्थितिमै गर्नुपरेमा २५ जनासम्म मात्रैको उपस्थितिमा गर्नुपर्ने उहाँले बताउनुभयो । ती कार्यक्रमभन्दा पहिले सबैको परीक्षण गर्ने र खोप लगाएको सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्क्रमण रोक्नका लागि सार्वजनिक यातायात, हवाई सेवा, होटल, रेस्टुरेन्टलगायतले मापदण्डको पालना गर्न खाँचो छ ।”

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…
  • आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका…

Archives

Archives