माघी पर्वका अवसरमा मुख्यमन्त्री पोखरेलको शुभकामना

राष्ट्र न्यूज सम्वाददाता
माघ १, २०७८
cm krishna chandra nepali pokharel (1)

पोखरा, १ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण व्यापकरुपमा फैलिइरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर सजग भई पर्व मनाउन आग्रह गर्नुभएको छ ।

माघे संक्रान्ति अर्थात् माघी पर्व २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा आरोग्य, समृद्धि, सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

खगोल शास्त्रका अनुसार यो दिनमा सूर्य धनु राशीबाट मकर राशिमा प्रवेश गर्दछ । त्यसैले यस दिनलाई मकर सक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । पौराणिक, धार्मिक एवं सामाजिक महत्व बोकेको यस पर्वले नेपालको मौलिक परम्परा र सांस्कृतिक महत्वको पक्षलाई उजागर गर्दै आएको छ ।

मुख्यमन्त्री पोखरेलले नेपालको संविधान २०७२ को महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र, संघीयता अनि धर्मनिरपेक्षता रहेको जनाउनु भएको छ । बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसाँस्कृतिक विविधता नै हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष रहेको उहाँको भनाइ छ ।

यस पर्वले सबै नेपालीबीच आपसी प्रेम, वन्धुत्व र एकताको भावना बढाएर शान्त अनि समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास आफूले लिएको उल्लेख गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives