पोखरा १८ मा काँग्रेसको भातृ संस्था गठन

राष्ट्र न्यूज सम्वाददाता
माघ १, २०७८
sarangkot

पोखरा, १ माघ । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा १८ ले वडाभित्र भातृ संस्था गठन गरेको छ ।

भेलाले नेपाल तरुण दलको सभापतिमा सागर तिमिल्सिना, नेपाल महिला संघको सभापतिमा कमला गोतामे, नेपाल विद्यार्थी संघको सभापतिमा रोशन तिमिल्सिनालाई चयन गरेको छ ।

त्यस्तै, नेपाल आदिवासी जनजाति संघको सभापतिमा बुद्वि पुन, नेपाल किसान संघको सभापतिमा सुरेश थापा र नेपाल दलित संघको सभापतिमा रमेश परियारलाई चयन गरेको क्षेत्रीय प्रतिनिधि महेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

कार्यक्रम वडा कार्यसमिति सभापति शिव तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives