धादिङ, २९ पुस (रासस० । रुबिभ्याली गाउँपालिका–१ तिप्लिङको पुरु नजिकै पहिरामा परी स्काभेटरसहित तीन तीन जना बेपत्ता भएका छन् ।
आज बिहान पहिरा खसेर पुरिंदा स्काभेटर चालक काभ्रेका २८ वर्षीय आकाश तामाङ, सहचालक काभ्रेकै १९ वर्षीय राजु तामाङ र रुबिभ्याली गाउँपालिका–१ का २७ वर्षीय अनिश तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो ।
लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेको अवस्थामा पहिरा खस्दा स्काभेटरसमेत उनीहरु पुरिएको उहाँको भनाइ छ । सदरमुकाम धादिङबेँसीबाट दुई दिनको पैदल दूरीमापर्ने सो क्षेत्रमा सडक खन्ने काम भइरहेको थियो ।
पहिरामा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थलतर्फ प्रस्थान गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी निरीक्षक र गाउँपालिकाका अध्यक्षसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो ।
खराब मौसम र सुख्खा पहिराका कारण उद्धारमा कठिनाइ भएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
एकता सामुदायिक क्लबले खेल मैदानको स्तरोन्नती गर्ने
हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम
राष्ट्रिय माविको हीरक महोत्सव
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
Archives
Archives