गाउँमै उखु उद्योग खुलेपछि…

रासस
पौष २५, २०७८
ukhuu

शेरबहादुर सिंह

महेन्द्रनगर, २५ पुस (रासस) : एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त हुनुहुन्छ ।

“पन्ध्र कट्ठामा लगाएको उखु सीमावर्ती भारतीय बजारका व्यापारीलाई बिक्री गरेँ, तर एक रुपैयाँ पनि नदिएर व्यापारी सम्र्पकविहीन बने”, चौधरीले भन्नुभयो, “विगतकोभन्दा यहाँका उखु किसान अहिले ढुक्क भएर मुनाफा आर्जन गरिरहेका छन् ।”

उर्मिला जस्तै कञ्चनपुरको दक्षिण क्षेत्रमा उखुखेती गर्ने सयौँ किसान अहिले बजारको समस्याबाट मुक्त छन् । यहाँको बेलौरी र पुनर्वासमा दुई ठूला चिनी उद्योग सञ्चालनमा आएपछि किसानलाई उखु पु¥याउन भ्याइनभ्याइ छ । “पहिले बैलगाडामा उखु बेच्न भारतसम्म जान्थ्यौँ”, उहाँले भन्नुभयो, “अहिले गाउँमै उद्योग खुलेपछि किसान उखुखेतीप्रति आकर्षित भएका छन् ।”

कञ्चनपुरको बेलौरी, पुनर्वास, बेल्डाँडी र लालझाडी क्षेत्रमा सबैभन्दा बढी उखुखेती गरिँदै आएको छ । चिनी उद्योग सञ्चालनपछि यहाँ स्थापित कोल्हु भने विस्थापनका क्रममा रहेको बेलौरी नगरपालिका–७ टेडियाका कुलप्रसाद श्रेष्ठले बताउनुभयो ।

उहाँले चिनी उद्योग सञ्चालनपछि किसानले उखुको उचित मूल्य पाइरहेको बताउनुभयो । “पहिले रु १५० मा प्रतिक्विन्टल उखु बिक्री गरियो”, श्रेष्ठले भन्नुभयो, “अहिले प्रतिक्विन्टल रु साढे चार सयमा बिक्री हुँदैछ ।” उहाँले दुई÷तीन वर्षयता उखुको मूल्यमा सुधार आउँदा खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भइरहेको बताउनुभयो । “मैले एक बिघा खेतमा उखु लगाएर जिविका चलाएको छु”, श्रेष्ठले भन्नुभयो, “अब विगतको जस्तो उखु बिक्री हुने तर पैसा नपाउने अवस्था हट्दै गयो ।”

दुई दशकदेखि उखुखेती गर्दै आएका श्रेष्ठले यहाँ विगतमा किसानले बिक्रीका लागि निकै सास्ती भोगेको बताउनुभयो । यहाँ यस पटक उखु उत्पादनसमेत बढ्ने अनुमान गरिएको छ ।

गत वर्ष बेलौरीस्थित महाकाली चिनी मिलले १६ लाख क्विन्टल र पुनर्वासस्थित भागेश्वर चिनी मिलले १२ लाख क्विन्टल उखु खरिद गरेका थिए । त्यसैगरी यहाँको पुनर्वास नगरपालिकाका उखु किसान रामदास बडायकले आफूहरुले सरकारले निर्धारण गरेको उखुको मूल्य पाउनुपर्ने बताउनुभयो ।

“विगतमा मिलसम्म उखु पु¥याए पनि वर्षाँैसम्म मूल्य नपाएर चित्त बुझायौँ”, उहाँले भन्नुभयो, “सरकारले मूल्य निर्धारण गरेरभन्दा पनि सो मूल्य किसानले पाए÷नपाएका बारेमा नियमन गर्नुपर्छ ।”

बेलौरी नगरपालिकाको कृषि शाखा प्रमुख सुमनराज जोशीले जिल्लाको दक्षिणी भेग उखुको पकेट क्षेत्रका रुपमा विस्तार भइरहेको बताउनुभयो । “बेलौरीमा ६ हजार ५०० बिघा क्षेत्रफलमा उखुखेती गरिँदैछ”, उहाँले भन्नुभयो, “तीन हजार ४०० किसान उखुखेतीमा आबद्ध छन् ।”

उहाँले हरेक वर्ष उखुको मूल्य वृद्धि हँुदै जाँदा किसानको उक्त खेतीमा आकर्षण बढ्दै गएको बताउनुभयो । महाकाली चिनी मिलका प्रशासकीय अधिकृत कालुसिंह ठगुन्नाले मिलका लागि २५ लाख क्विन्टल उखु आवश्यक भएको बताउनुभयो ।

“यस याममा पाँच लाख क्विन्टल खरिद गरेका छौँ”, उहाँले भन्नुभयो, “मिललाई आवश्यक उखु उपलब्ध हुन सकिरहेको छैन ।” सो मिल २०६७ सालदेखि सञ्चालन गर्दै आएको ठगुन्नाले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • व्यापार मेला शनिबारसम्म, राजस्थानको लोकनृत्य

    राष्ट्र न्यूज सम्वाददाता माघ १७, २०८१
    पोखरा । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबारसम्म चल्ने भएको छ । आइटी महोत्सवसहित १२…
  • व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति

    राष्ट्र न्यूज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट बाँकी ६ वटै प्रदेशमा उडान संचालनको लागि पहल भइरहेको बताएका…
  • व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म

    राष्ट्र न्यूज सम्वाददाता माघ १५, २०८१
    पोखरा । पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । त्यहाँ विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । स्थानीय जयबहादुर…
  • व्यापार मेलामा सम्भावनाको बहस

    राष्ट्र न्यूज सम्वाददाता माघ १३, २०८१
    पोखरा । सूत्रधार तथा पत्रकार गोविन्द सुवेदीले कार्यक्रमको सुरुमै स्याङ्जाका अगुवा कृषक फणिनारायण अर्याल तथा व्यवसायी कोमलजंग कुँवरको दृष्टान्त पेश…
  • राष्ट्रिय औद्योगिक व्यापा मेला सुरु

    राष्ट्र न्यूज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक २०२५ तथा…

Recent News

भर्खरै