प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला

रासस
पौष ९, २०७८
dead-body

बुटवल, ९ पुस (रासस) । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला पर्नुभएको छ ।

उहाँ भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।

उहाँले भन्नुभयो, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो ।” यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत हुनुहुन्थ्यो । मृत्युको कारण खुल्न सकेको छैन ।

Related News

सम्बन्धित समाचार

Archives

Archives