पाल्पा, २ पुस (रासस) । तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ ।
खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो ।
चितुवालाई अहिले डिभिजन वन कार्यालयमा उद्धारगृहमा राखिएका वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताउनुभयो । चितुवाको स्वास्थ्य अवस्था सामान्य छ । घटनास्थलबाट फलामको पासो एक थानसमेत बरामद भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
निमित्त डिभिजनल वन अधिकृत संयोग बस्नेतको कमाण्डमा खटिएको टोलीले जोखिमपूर्ण अवस्थामा पोथी बयस्क चितुवाको उद्धार गरिएको पाल्पाका रेन्जर पोखरेलले बताउनुभयो ।
उद्धारकार्यमा सहायक वन अधिकृत सिद्धान्त बराल र सवारी चालक लक्ष्मण घिमिरेले चितुवाको उद्धारकार्यको नेतृत्व गर्नुभएको थियो । प्रहरी चौकी प्रभास तानसेन–८ का वडाध्यक्ष रामप्रसाद घिमिरे, स्थानीय बासिन्दा केशव कार्की, सन्तोष राना, रुपेश रोका, विक्रम श्रेष्ठ, लोकबहादुर चिदी, सन्दीप विष्ट, रोशन रानालगायतको सक्रियताले उद्धारकार्य सफल भएको थियो ।
चितुवा नजिकै फलामको पासो भेटिएपछि वन कार्यालय निगरानी थालेको छ । उद्धार गरिएको चितुवालाई रुपन्देही जिल्लाको शङ्कनगरको बाटिकामा लगिने तयारी भइरहेको वन कार्यालय जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
गिद्धदेखि गैँडासम्मः लाटोकोसेरो प्रेमीको अविस्मरणीय यात्रा (फोटो फिचर–राजु आचार्य)