बैतडीमा दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

रासस
मंसिर २१, २०७८
Accident

बैतडी, २० मङ्सिर (रासस) । बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।

जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

यसअघि दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । पाटन नगरपालिका–१ सकारकै १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको घटनास्थलमै मृत्यु भएको हो ।

यसैबीच दुर्घटना परी अन्य पाँच जना घाइते रहेका छन् । घाइतेमध्ये पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराईको अवस्था गम्भीर रहेको छ । यी दुवै जनालाई थप उपचारका लागि डडेल्धुरा सिफारिस गरिएको छ ।

अन्य घाइते पाटन नगरपालिका–१ सकारकै दीपक भट्टराई, विष्णु भट्टराई र गोविन्द विकको पाटन प्राथमिक उपचार केन्द्रमै उपचार भइरहेको छ ।

जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से१ज ८८८ नंको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटनामा परेको हो । जीपमा चालकसहित ११ जना सवार रहेका बताइएको छ । चालक पाटन–५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन् ।

दुर्घटनाग्रस्त जीप सडकबाट १०० मिटर तल खसेको छ । कच्ची, चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…
  • आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका…

Archives

Archives