काँग्रेस प्रवेशको लहर, पोखरा २४ मा सय बढी प्रवेश

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २९, २०७८
pkr 24

पोखरा, २९ कात्तिक । पोखरा महानगरपालिका वडा नं २४ का एक सय जना बढी नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ ।

काँग्रेस प्रवेश गर्नेहरुमा नवप्रवेशी र विभिन्न राजनैतिक दल परित्याग गर्नेहरु हुनुहुन्छ ।

काँग्रेसप्रतिको विश्वास र काँग्रेसले मात्रै देशका लागि राम्रो गर्न सक्ने भन्दै प्रवेश गरेको उहाँहरुको भनाइ छ ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकास मन्त्री कुमार खड्का र नेता शुक्रराज शर्माले पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य खड्काले काँगेसप्रतिको आकर्षणका कारण पार्टी प्रवेश गर्ने क्रम बढेको उल्लेख गर्नुभयो ।

नेता शर्माले काँग्रेसले मात्र सबै वर्ग र क्षेत्रको हित गर्ने भन्दै सबैको साथमा पार्टी रहने बताउनुभयो ।

त्यस अवसरमा नेपाली काँग्रेस कास्कीका सदस्य भरत बहादुर अधिकारी र नेता डा. यमनाथ तिमिल्सिनाले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २४ का सभापति प्रताप बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति हरिदत्त तिमिल्सिनाले स्वागत र सचिव चन्द्रेश्वर बस्ताकोटीले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives