तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त

रासस
कार्तिक २५, २०७८
corona 2

दमौली, २५ कात्तिक (रासस) ।तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन् ।

दश स्थानीय तहमध्ये ऋषिङ , घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

दोस्रो लहरमा फैलिएको कोरोना सङ्क्रमण घट्दै गएपछि जिल्लाका पाँच स्थानीय तह कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

कोरोनामुक्त भएका स्थानीय तहमा कोरोना परीक्षण पनि न्यून छ । दोस्रो लहरको कोरोना सुरु भएपछि घिरिङका १३४, ऋषिङका ९१, देवघाटका ९०, बन्दीपुरका २६८ र आँबुखैरेनी गाउँपालिकाका १११ सङ्क्रमित निको भएका छन् ।

जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ छ । व्यास १६, शुक्लागण्डकीमा १४, भानुमा दुई र भिमाद नगरपालिकामा तीन तथा म्याग्दे गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो समय पाँच हजार ३६६ जनालाई सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये पाँच हजार २०४ जना निको भएका छन् । पीसीआर परीक्षणका लागि छ हजार ८८६ र एन्टिजेन परीक्षणका लागि आठ हजार २५४ नमूना सङ्कलन गरिएको थियो ।

दोस्रो लहरमा जिल्लाका १२४ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ८६ हजारले लगाए खोप जिल्लामा हालसम्म ८६ हजार २१६ ले खोप लगाएका छन् । तीमध्ये दुवै मात्रा लगाउनेको सङ्ख्या ६५ हजार ८३८ रहेको छ ।

पूरा खोप लगाउनेमध्ये व्यासका १६ हजार ७४६, भानुका नौ हजार ४३६, शुक्लागण्डकीका १० हजार ६१, भिमादका छ हजार ५२५, म्याग्देका चार हजार ६४५, घिरिङका दुई हजार ७८८, ऋषिङका तीन हजार ७२९, देवघाटका तीन हजार पाँच सय ८९, बन्दीपुरका चार हजार ४७, आँबुखैरेनीका चार हजार २७२ छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives