पोखरा, १४ कात्तिक । नेपाली काँग्रेस पोखरा महानगरपालिकामा निर्वाचित ११ जना वडाध्यक्षले कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक हुँदा फेरबदल हुने गरेकोप्रति आपत्ती जनाउनु भएको छ ।
वडाध्यक्षहरुको तर्फबाट दलको नेता तथा सचेतक(नेपाली काँग्रेस) पोखरा महानगरपालिकाका रामराज लामिछानेले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी आपत्ती जनाउनु भएको हो ।
विज्ञप्तिमा कार्यपालिकाको ५२ औं बैठकमा आफूहरु उपस्थित भएपनि हस्ताक्षर नगरेको स्पष्ट पारिएको छ ।
सो बैठकसँगै यस अघिका बैठकमा भएका निर्णयहरु पनि फेरबदल भएर आएको भन्दै आपत्ती जनाइएको छ ।
विज्ञप्तिमा बैंठकबाट निर्णय भई बनेका समितिहरुमा पनि आफूहरुको संलग्नता नरहेको स्पष्ट पारिएको छ ।
त्यस्तै, विज्ञप्तिमा नवौं नगरसभामा भएका निर्णयहरु महानगरपालिकाका प्रमुखबाट हालसम्म पनि प्रमाणिकरण नभएको भन्दै ध्यानाकर्षण भएको उल्लेख छ ।
साथै महानगरपालिकाको नवौं नगरसभाको समयमा २०७८ असार १० गते विहान ८ बजे प्रमुखको उपस्थितिमा बसेको बैंठकले कर्मचारीको विषयमा भएका सहमति तुरुन्त कार्यान्वयन गर्न माग गरिएको छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी