कोरोनाले कालीगण्डकीमा ¥याफ्टिङ ठप्प

रासस
कार्तिक १४, २०७८
corona 2

लक्ष्मीप्रसाद सापकोटा

पर्वत, १४ कात्तिक (रासस) :विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण पवित्र कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ) ठप्प बनेको छ ।

हरेक वर्षको वर्षायामपछि नदीमा वहाब घटेलगत्तै सुरु हुने जलयात्रा विगत दुई वर्षदेखि ठप्प बनेको हो । योे जलयात्राको पहिलो याम हो भने अर्को याम फागुदेखि जेठसम्म हुने गर्दछ ।

कोरोना सङ्क्रमणका कारण विदेशी पर्यटक नआउँदा जलयात्रा ठप्प जस्तै बनेको पर्यटन व्यवसायीले बताएका छन् । कालीगण्डकीमा अङ्ग्रेजी महिनाको सेप्टेम्बर दोस्रो सातादेखि नोभेम्बरको मध्यसम्म जलयात्रा सञ्चालन हुने भए पनि गतवर्ष र यसवर्ष जलयात्रा (¥याफ्टिङ)का लागि पर्यटक नआएको कालीगण्डकी ¥याफ्टिङ कम्पनीका सञ्चालक होम पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्षका दुवै याम र यस वर्षको पहिलो याममा जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या शून्यजस्तै भएको छ । अहिले केही आन्तरिक पर्यटकले जलयात्रा गर्नका लागि बुकिङ गरे पनि एक÷दुई दिनका लागि मात्र भएको उहाँको भनाइ छ ।

विदेशी पर्यटक नेपाल भित्रिन नसकेकाले जलयात्रा ठप्प जस्तै बेनेको उहाँको भनाइ छ । कोरोना सङ्क्रमण न्यूनीकरण हुँदै गएको र अधिकांश मुलुकमा खोपसमेत विस्तार भइसकेकाले यस वर्ष जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिए पनि कुनै देशका पर्यटक नआएको पुनले बताउनुभयो ।

सलोन ¥याफ्टिङ एण्ड ट्रेकिङ एक्सपिडेसन कम्पनी काठमाडौँका प्रबन्ध निर्देशक देव रेग्मीले विदेशबाट जम्मा ५÷७ प्रतिशत मात्र पर्यटक भित्रिएकाले ¥याफ्टिङ व्यवसाय चौपट बनेको बताउनुभयो ।

पछिल्लो समय भित्रिएका पर्यटकमध्ये अधिकांस टे«किङमा रहेको र उनीहरु काठमाडाँै फर्किसकेपछि ¥याफ्िटङको एउटा प्याकेज बनाउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

विगत दुई वर्षअघि लामोसमय वर्षा भएकाले एक÷दुई साता मात्र जलयात्राका प्याकेज सञ्चालन भएका थिए, अहिले कोरोनाले ठप्प जस्तै बनेको उहाँको भनाइ छ ।

पर्यटकको सङ्ख्या वृद्धि नभएसम्म कोरोना अघिको जस्तो जलयात्रामा पर्यटकको आकर्षण बढाउन मुस्किल हुने रेग्मीले जानकारी दिनुभयो । छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए ।

एक सिजनमा कम्तीमा पनि दुईदेखि तीन हजार पर्यटकले जलयात्रा गर्दै आएका थिए । कोरोनाले अग्रिम बुकिङ गर्ने, ¥याफ्टिङ र ट्रेकिङ दुवैमा जाने पर्यटक शून्य जस्तै भएका छन् । रेग्मीले भन्नुभयो, “कालीगण्डकी नदीमा १० भन्दा धेरै कम्पनीले ¥याफटिङ सञ्चालन गर्दै आएका थिए ।”

कुश्मा नगरपालिका– १ पाङस्थित नयाँ पुल तथा मालढुङ्गादेखि सुरु हुने ¥याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङगिन्छ ।

तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् ।

यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे«लिया, युरोपियनमूलुक र अमेरिकी पर्यटकको रोजाइँमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।

नयाँ पुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिकास्थित बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जाने गरी पर्यटक यात्रा तय गर्ने गर्दछन् ।

यात्राको क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र कुस्माको आर्मादी नजिकै खोलाको बिचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेको पर्यटक गाईड नवीन केसीले बताउनुभयो । जलयात्राका लागि विदेशी र स्वदेशी पर्यटकका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives