पोखरा, १३ कात्तिक । नेपाल निजामती कर्मचारी युनियन पशुपन्छी तथा मत्स्य विका निर्देशनालय पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विभिन्न चाडपर्वको सन्दर्भ पारेर युनियनले कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले कर्मचारी स्थायी सरकार भएको बताउनुभयो । कर्मचारीले आफ्नो मनोबललाई उच्च बनाउँदै सेवामा समर्पित हुनुपर्ने उहाँको भनाइ छ ।
नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष नारायण शर्माले कर्मचारीबीच एकता आवश्यक रहेको औल्याउनुभयो ।
त्यस अवसरममा युनियन केन्द्रीय सदस्य कृष्ण प्रसाद अर्याल, गण्डकी प्रदेश उपाध्यक्ष चित्रा ढकाल, कास्की अध्यक्ष डार्विन लम्साल, सचिव सुरेशकुमार श्रेष्ठ, नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष नारायण बराल, कास्की अध्यक्ष उदयकान्त तिवारी लगायतले बोल्नुभएको थियो ।श
संस्थाका अध्यक्ष गोमा कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव शंकर थापाले संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न