श्रीमती र छोरीको हत्या

रासस
कार्तिक ९, २०७८
1517213734dead-770×410

मङ्गलबारे, ९ कात्तिक (रासस) । इलामको देउमाई नगरपालिका– ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन् ।

स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् ।

एक महिनादेखि धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको हत्या गरेपछि छोरीको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । तामाङले आफ्नो घरमा पालेको कुकरको समेत हत्या गरेका थिए ।

धामी बस्ने क्रममा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले अभियुक्तसहित उनका बुबाआमा र दुई दिदीबहिनीलाई पनि नियन्त्रणमा लिएको छ ।

घटना आज बिहानै भएको र उज्यालो भएपछि स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives