काँग्रेसले बहुमत ल्याउने गरी निर्वाचनका लागि जुटौं – शर्मा

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ६, २०७८
sharma

पोखरा, ६ कात्तिक पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणि भद्र शर्माले काँग्रेसले बहुमत ल्याउने गरी निर्वाचनको तयारीमा जुट्नुपर्ने बताउनु भएको छ ।

कास्कीको माछापूच्छ«े गाउँपालिका वडा नं ३ घाचोक इकाइ समिति र पोखरा महानगरपालिका वडा नं २५ इकाइले समितिले शनिवार आयोजना गरेका छुट्टाछुट्टै कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो । देशको विकास र जनताको आवश्यकता पूरा गर्नका लागि काँग्रेसले बहुमत ल्याउनुपर्ने उहाँको भनाइ छ ।

नेपाल काँग्रेसका नेता समेत रहनु भएका मन्त्री शर्माले काँग्रेस एउटा पार्टी मात्र नभएर नेपाली राजनीतिको अभिभावक भएको भन्दै देशलाई हरेक संकटबाट निकास दिएको बताउनुभयो ।

उहाँले कम्युनिष्टले देशमा समस्या मात्रै सृजना गरिरहेको बताउनुभयो । मन्त्री शर्माले आफू हारेर पनि जनता र देशलाई जिताउने पार्टी काँग्रेस भएको दावी गर्नुभयो ।

विभिन्न चाडपर्वको अवसरमा आयोजित दुवै कार्यक्रममा उहाँले विभिन्न पार्टी परित्याग गरेका करिब तीन सय जनालाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गरेकाहरुलाई उचित जिम्मेबारीका लागि सम्मान दिनुपर्ने उहाँको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives