काठमाडौँ, ५ कात्तिक (रासस) । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
रातिको समयमा पानि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राजधानी काठमाडौँ उपत्यकामा आज बिहानैदेखि बदली रहेको छ । बदलीका कारण उपत्यकामा केही चिसो महसुस गरिएको छ । काठमाडौँको अधिकतम २८ दशमलव पाँच र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते