अत्याधुनिक सेवा सहित केशर मेडिस्पा चौथो वर्षमा

राष्ट्र न्यूज सम्वाददाता
असाेज २२, २०७८
244221020_584575662858350_4408563936888430816_n

पोखरा, २२ असोज । पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङस्थित केशर मेडिस्पाले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ ।

संस्थाका अध्यक्ष डा. सुरेन्द्र सापकोटाले केक काटेर वार्षिकोत्सव कार्यक्रम शुभारम्भ गर्नुभएको हो । चार वर्ष अघि घटस्थापनाकै दिन पारेर केशर मेडिस्पाले आफ्नो सेवा शुभारम्भ गरेको थियो।

विभिन्न आरोह अवरोह पार गर्दै संस्था चौथो वर्षमा पार गरेको भन्दै अध्यक्ष सापकोटाले छोटो समयमा पनि राम्रो प्रगती गर्न सफल भएको बताउनुभयो ।

उहाँले पोखरामा फरक शैलीको उपचार सेवा शुरुवात गरेको भन्दै आगामी दिनमा विभिन्न सेवा थप गर्दै अघि बढ्ने स्पष्ट पार्नुभयो ।

सञ्चालक राजेन्द्र सापकोटाले मेडिस्पामा लगानीसँगै सेवा सुविधा पनि थप गरिएको भन्दै सेवाग्राहीको सेवामा संस्थालाई समर्पित गर्ने बताउनुभयो ।

संस्थाले यहि असोज १ गतेदेखि छालाको उपचार सेवा शुभारम्भ गरेको छ । इजरायलको अल्मा लेजर कम्पनीको हार्मोनी एक्स्एल प्रो नामक मेशिन भित्रयाएर मेडिस्पाले छाला सम्बन्धी उपचार सेवा शुभारम्भ गरेको हो ।

करिब एक करोड २५ लाख रुपैयाँको लागतमा उक्त मेशिन खरिद गरिएको डा. सुरेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

अल्मा लेजर कम्पनीको हार्मोनी एक्स्एल प्रो मेशिन नेपालमै पहिलो पटक भित्रिएको र यो मेशिनमार्फत् छालासम्बन्धी ६५ प्रकारका रोगको उपचार हुने डा. सापकोटाले जानकारी दिनुभयो ।

हेल्थ होम पोखरा भन्ने लक्ष्यसहित चार वर्ष अघि सञ्चालनमा आएको केशर मेडिस्पाले डक्टर अन कल, नर्सिङ केयर, एल्डरलि केयर असिस्टेन्ट, ल्याव अन कल, फिजियोथेरापी अन कल, औषधि तथा चिकित्सा उपकरण सेवा, बिरामीका लागि यातायातको सुविधा उपलब्ध गराउँदै आएको छ । मेडिस्पाले गत वर्षदेखि अत्याधुनिक डेण्टल सेवा उपलव्ध गराउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives