मुलुकलाई संकटबाट उतार्न काँग्रेस ः मुख्यमन्त्री पोखरेल

राष्ट्र न्यूज सम्वाददाता
असाेज २१, २०७८
CM @ NC Pokhara Nagar greetings pgm (1) (1)

पोखरा, २१ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकमा जब संकट पर्छ तब कांग्रेसमाथि थप जिम्मेबारी आइलाग्ने बताउनु भएको छ ।

नेपाली काँग्रेस पोखरा महानगरले दशैं, तिहार, नेपाल सम्वत, छठ तथा ईदको अवसर पारेर बिहीबार गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले पार्टीको स्थापनाकालदेखि नै यो प्रक्रिया निरन्तर चलेको उल्लेख गर्नुभयो।

गएको चुनावमा कम्युनिस्टले २ तिहाइ ल्याएपछि नेपाली काँग्रेस निर्धक्कसँग प्रतिपक्षमा बसेपछि उनीहरुबीचकै कलहले संवैधानिक संकट निम्तेपछि काँग्रेस अघि सर्नु परेको उहाँको भनाइ छ ।

‘विगतका घटनाहरुले हामीलाई पाठ सिकाएका छन्, विकास र समृद्धिका लागि काँग्रेसकै नेतृत्व आवश्यक पर्ने रहेछ उहाँले भन्नुभयो– मुलुकमा भएका सबै खालका परिवर्तनका लागि काँग्रेसकै नेतृत्वदायी भूमिका महत्वपूर्ण छ ।’

काँग्रेस अहिले १४ औं महाधिवेशनमा लागिरहँदा वडा, पालिका र हिमाली जिल्लामा चुनाव भइसकेको भन्दै उहाँले अब पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

नगर सभापति सुरेन्द्र बिजुक्छेले काँग्रेस संस्थापक वीपी कोइरालाले सुरु गरेको चियापान समारोहलाई जिल्ला र पालिकास्तरसम्म पनि निरन्तरता दिइएको बताउनुभयो ।आपसी भाइचार स्थापना र संगठन सुधारका लागि यस्ता कार्यक्रम फलदायी हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा नगर उपसभापति प्रयागराज भण्डारी, सचिव टुबराज बास्तोलाले शुभकामनासहित भनाइ राख्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives