समस्यामा परेका परिवारलाई सहयोग

राष्ट्र न्यूज सम्वाददाता
असाेज २१, २०७८
bitarad

पोखरा, २१ असोज । दशैंको मुखैमा खाद्यान्न समस्यामा रहेका एक सय ५५ परिवारलाई सहयोग गरिएको छ ।

हाम्रो माया नेपाल र स्वयंसेवा नेपालले संयुक्त रुपमा समस्यामा रहेका पर्यटन मजदुरका परिवारलाई सहयोग गरेको हो ।

नेपाल तमु प्लेल्हु संघ केन्द्रीय समिति, संघकै केन्द्रीय महिला समिति र युवा समितिको समन्वयमा सहयोग गरिएको केन्द्रीय महिला समिति अध्यक्ष पुष्पा गुरुङले जानकारी दिनुभयो ।

स्वयंसेवा नेपालका अध्यक्ष राजीव गुरुङका अनुसार, प्रत्येक परिवारलाई चामल, चिनी, क्वाटी, तेल, मास्क र सेनिटाइजर गरी करीब चार हजार मूल्य बराबरको सहयोग गरिएको हो । सहयोग जर्मनी नागरिक र जर्मनमा बस्ने नेपाली नागरिकहरुबाट जुटाइएको हो ।

हाम्रो माया नेपाल र स्वयंसेवा नेपालले शिक्षाका क्षेत्रमा विशेष गरी भौतिक पूर्वाधार निर्माण र शैक्षिक सामग्री वितरण गर्ने गर्दछ ।

यसपटक दशैंको मुखैमा समस्यामा परेकालाई सहयोग गर्न आवश्यक देखिएकाले खाद्यान्न सहयोग गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।

नेपाल तमु प्लेल्हु संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष आइ बहादुर गुरुङले समस्यामा परेकाहरुलाई सहयोग गरेर ती संस्थाले प्रशंसनीय काम गरेको बताउनुभयो ।

Related News

सम्बन्धित समाचार