पोखरा, २१ असोज । दशैंको मुखैमा खाद्यान्न समस्यामा रहेका एक सय ५५ परिवारलाई सहयोग गरिएको छ ।
हाम्रो माया नेपाल र स्वयंसेवा नेपालले संयुक्त रुपमा समस्यामा रहेका पर्यटन मजदुरका परिवारलाई सहयोग गरेको हो ।
नेपाल तमु प्लेल्हु संघ केन्द्रीय समिति, संघकै केन्द्रीय महिला समिति र युवा समितिको समन्वयमा सहयोग गरिएको केन्द्रीय महिला समिति अध्यक्ष पुष्पा गुरुङले जानकारी दिनुभयो ।
स्वयंसेवा नेपालका अध्यक्ष राजीव गुरुङका अनुसार, प्रत्येक परिवारलाई चामल, चिनी, क्वाटी, तेल, मास्क र सेनिटाइजर गरी करीब चार हजार मूल्य बराबरको सहयोग गरिएको हो । सहयोग जर्मनी नागरिक र जर्मनमा बस्ने नेपाली नागरिकहरुबाट जुटाइएको हो ।
हाम्रो माया नेपाल र स्वयंसेवा नेपालले शिक्षाका क्षेत्रमा विशेष गरी भौतिक पूर्वाधार निर्माण र शैक्षिक सामग्री वितरण गर्ने गर्दछ ।
यसपटक दशैंको मुखैमा समस्यामा परेकालाई सहयोग गर्न आवश्यक देखिएकाले खाद्यान्न सहयोग गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।
नेपाल तमु प्लेल्हु संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष आइ बहादुर गुरुङले समस्यामा परेकाहरुलाई सहयोग गरेर ती संस्थाले प्रशंसनीय काम गरेको बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
आलु महोत्सव भोली सकिदै
कृषिको उत्सव आलु महोत्सव
महोत्सवमा १७ लाख बढीको आलु कारोवार
हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता