पोखरा, ११ असोज । पोखरा महानगरपालिका नेपाली काँग्रेस दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।
सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि आजसम्म सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, संघसंस्थालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
आफूलाई सो भूमिका निर्वाह गर्न अवसर प्रदान गर्न सहयोग गर्ने नेपाली काँग्रेस कास्की, नेपाली काँग्रेस पोखरा महानगर समिति, पोखरा महानगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष,वडा सदस्य लगायत महानगरवासीप्रति आभार व्यक्त गर्नुभएको छ ।
उहाँले आजको दिनसम्म दलको नेता तथा सचेतकको हैसियतबाट गरिएको काम कारवाही पार्टीको निती निर्देशन अनुरुप भएको स्पष्ट पार्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते