पोखरा, ८ असोज । नेपाल काँग्रेस पोखरा महानगरपालिकाको नयाँ कार्यसमितिका लागि शनिवार पोखरामा मतदान हुने भएको छ ।
निर्वाचन समिति कास्कीका अनुसार, पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मतदान हुने छ । मतदानका लागि बिहान ८ देखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।
मतदानका लागि क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको प्रमाणपत्र र नागरिकता वा मतदाता परिचयपत्र अनिवार्य लिएर जानुपर्ने व्यवस्था गरिएको छ ।
प्रदर्शनी केन्द्रभित्र ६ वटा बुथ निर्माण गरी मतदानको व्यवस्था मिलाइने छ । पोखरा महानगरपालिकाका ३३ वटा वडाका एक हजार तीन सय ७० जना क्षेत्रीय प्रतिनिधिले मतदानमा भाग लिन पाउने छन् । पोखरा महानगरपालिकाको सभापति पदका लागि ६ जना बीच प्रतिस्पर्धा हुदैछ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी