कस्मेटिक व्यवसायी संघको आठौं स्थापना दिवसमा सहयोग

राष्ट्र न्यूज सम्वाददाता
असाेज ७, २०७८
Cosmetic

पोखरा, ७ असोज । कस्मेटिक व्यवसायी संघ कास्कीले आफ्नो आठौं औं स्थापना दिवसको अवसरमा बिहीबार सहयोग गरेको छ ।

संघले पोखरा २७ स्थित श्रीकृष्ण प्रणामी वृद्वाश्रमलाई सहयोग गरेको हो । वृद्वाश्रमलाई खाद्यान्न सामग्री, स्वास्थ्य सामग्री, सिरक, डसना, इलेक्ट्रिक किटली गरी करिब ४० हजार बराबरको सहयोग प्रदान गरिएको महासचिव सरु बरालले जानकारी दिनुभयो ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले व्यवसायीक संघसंस्थाले सामाजिक उत्तरदायित्वका गतिविधि गर्नु प्रशंसनीय भएको बताउनुभयो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष विष्णु प्रसाद बास्तोला, पूर्व अध्यक्षहरु जगदिश बराल, उमापति ढकाल, कार्यक्रम संयोजक सोवित थापाले बोल्नुभएको थियो ।

संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष दुर्गा बरालले स्वागत र महासचिव सरु बरालले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives