नेदरल्याण्ड र फिलिपिन्सका जोडिको विहे घर बन्यो अस्तामको अन्नपूर्ण इको भिलेज

प्रकाशचन्द्र सापकोटा
असाेज ६, २०७८
2

प्रकाशचन्द्र सापकोटा

कास्कीको माछापुच्छ«े गाउँपालिका अन्नपूर्ण इको भिलेजमा एक बिहानै मानिसहरुको चहल पहल शुरु हुन्छ । कोहि जग्गे बनाउन व्यस्त त कोहि ध्वजापताका टाँस्नमा नै व्यस्थ देखिन्थे । एक छिनमा नौमती पञ्चेबाजा बज्न शुरु हुन्छ । विवाहमा सहभागी जन्ती माइती पक्ष नाच्न थाल्छन् ।पण्डित जग्गेमा बसेर विवाहको पुजा विधि तयारी गर्न लाग्छन् ।

हिन्दु परम्परा अनुसार विवाहको तयारीमा सबै जुटिरहदा जग्गेमा विदेशी दुलाह दुलहीको आगमन हुन्छ । फिलिपिन्सकी मारिना मेण्डोजा वुलाङ गुरुङ पोशाकमा घुम्टो ओेढेर र नेदरल्याण्डका विलियम जोन वोस्माले सर्ट पाइन्ट आस्ककोट र ढाका टोपीमा सजिएर आउनुहुन्छ ।

उनीहरु जग्गेमा आएपछि माछापुच्छ«े गाउँपालिका वडा नंं. ४ नुवागमका पण्डित टंकप्रसाद दवाडीले विवाहको काम आगडि बढाउनुहुन्छ ।

जग्गेमा गणेशको पुजा लगत्तै दुलाह दुलही र जन्ती सहित पञ्चेबाजा बजाएर नाच्दै देउराली माइमा पुगी एक आपसमा जिउने कसम खाएर पुन जग्गेमा नै आएर सिन्दुर लगाइ हिन्दु परम्परा अनुसार विवाह हुन्छ ।

स्थानीय महिला सहभागी भएर रत्यौली खेल्छन् । कोही केटा पक्ष छ कोहि केटी पक्ष बनेर पञ्चेबाजा र रत्यौलीमा दुलाह दुलही सहित नाच्छन् । पोखरा बसेका फिलिपिन्सका परिवार मारिनाको माइती भएर आएका थिए । विवाहको भिडियो लाइभ गरेर दुलाह दुलहीले आफ्नो परिवारलाई देखाउँछन् । विवाह भएको अन्नपूर्ण इको भिलेजमा सहभागीले भतेर खान्छन् र विवाह सकिन्छ ।

नेदरल्याण्डका ३३ वर्षका विलियम जोन वोस्मा र फिलिपिन्सकी ३२ वर्षकी मारिना मेण्डोजा वुलाङको अध्यनका क्रममा फिलिपिन्सको एक कलेजमा भेट भएको थियो । भेट पछिको माया नेपालमा आएर वैवाहिक जिवनमा परिणत भयो । मारिना पहिलो पटक नेपाल आउदा आफ्नो परिवारसँगै अन्नपूर्ण इको भिलेजमा आएर बस्नु भएको थियो । आफ्नो घर परिवारलाई जानकारी दिएर अभिभावको सल्लाहमा नै विवाह गरेको दुवैको भनाइ छ ।

यहाँको सुन्दरता, संस्कृति र आतिथ्यताकै कारण विवाह गर्न अन्नपूर्ण इको भिलेज रोजेको उहाँले सुनाउनभयो । उहाँ नेपाल र भारत घुम्ने क्रममा हिन्दू संस्कृति मन परेकै कराण नेपालमा हिन्दू परम्परा अनुसार विवाह गरेको बताउनुभयो।

५ महिना अघि विवाह गर्नकै लागि नेपाल आएका उहाँहरु तयारीको लागि एक हप्ता अगाडि अन्नपूर्ण इको भिलेजमा बस्नुभएको थिए । विलियम र मारिना गाउँका स्थानीयलाई विहेको निम्तो दिन घर घरै पुग्नुभयो । अग्नीलाई साक्षी राखेर दुवै जनाले आ–आफ्नो तर्फबाट संगै जिउने प्रतिज्ञा गर्दा दुवै भावुक हुनुभयो । पहिलो पटक नेपाल आउनु भएका विलियम यहाँको प्रकृति र संस्कृतिले मोहित बनाएको बताउनुहुन्छ ।

विवाहको चाजोपाँजो मिलाउनु भएका अन्नपूर्ण इको भिलेजका सञ्चालक विश्व अधिकारीले नेपाललाई विवाहको डेष्टीनेशन बनाउन सकिने बताउनुभयो ।

‘तीन महिना अघि लकडाउनमा नै भारतीय केटी र इंल्याण्डको केटाबीच यहि इको भिलेजमा विवाह भयो’ अधिकारीले भन्नुभयो,‘ नेपालको संस्कृति, प्रकृति र यहाँको सुन्दरताले गर्दा विदेशीहरु नेपालमा आएर विवाह गर्ने प्रचलन बिस्तारै बढ्दो छ जसले गर्दा नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने छ।’

हिन्दू परम्परा अनुसार विवाह गर्नु अघि भदौं ९ गते कास्की जिल्ला अदालतबाट विवाह दर्ताको प्रमाणपत्र लिनु भएको छ । विवाह दर्ताको प्रमाण दिलाउनका लागि मारिनाकी नेपाली दिदी कमला घलेले सहजीकरण गर्नुभयो । गण्डकी प्रदेशमा विदेशीले आएर विवाह दर्ताको प्रमाणपत्र लिएको यो पहिलो हो ।

उहाँहरुले अदालतमा मुलुकी देवानी संहिता २०७४ को दफा ७७ वामोजिम विवाह दर्ताका लागि निवेदन दिएपछि सोहि संहिताको दफा ८० को उपदफा (२) बमोजिम अदालतले विवाह दर्ताको प्रमाणपत्र प्रदान गरेको थियो ।

उहाँहरुले आ–आफ्नो दुतावास मार्फत ल्याएको अविवाहितको सिफारिसलाई परराष्ट्र मन्त्रालयले प्रमाणित गरेपछि मात्रै आदालतले दर्ता प्रमाणपत्र दिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…
  • आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका…

Archives

Archives