चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

रासस
असाेज ५, २०७८
chatang

बलेवा, ५ असोज (रासस) । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली हुनुहुन्छ । उहाँहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives