ओखलढुङ्गा, ३१ भदौ (रासस) । काठमाडौँबाट ओखलढुङ्गा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आज बिहान काठमाडौँबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर३–०१–०२३च ३५१३ सामान बोक्ने बोलेर दुर्घटना हुँदा चालक लाक्पा शेर्पासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मन्थली नगरपालिका–१ कुनौरी, बोक्सेको भिरमा भएको दुर्घटनामा जिपचालक ओखलढुङ्गाको खिजदेम्बा गाउँपालिका–६ का लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र सवारी धनी वाङसेन शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा एक बालक गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा १२ वर्षीय पेम्बा शेर्पा रहेका छन् । बोलेरो खुर्कोट–मन्थली सडकखण्डको हात्तीटार (बोक्से) भिरबाट तामाकोशी नदीमा खसेको थियो ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
कोटिहोममा पुन जेठ १० गते देवी प्रतिभा आउँदै, १४ गते राधिकादासी
हेमजामा ३५ वर्ष माथिको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन